१२ श्रावण २०८१, शनिबार

नेपालगन्ज नाकामा बढ्दै कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगन्ज नाकास्थित जमुनाह हेल्थ डेस्कमा कोरोना जाँच गर्दा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ ।

बुधबार दुई जना, मंगलबार चार जनागरी ६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार मात्रै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये भारतीय र नेपामा भएको हेल्थ डेक्समा खटिएका ल्याब टेक्निसियन चिरञ्जीबि ज्ञवालीले बताए । एन्टिजेन विधिमार्फत कोरोना जाँच्दा उनीहरुमा कोरोना पुष्टि भएको उनले बताए ।

त्यसैगरी, बुधबार कोरोना पुष्टि भएकालाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको छ । वैशाखदेखि अहिलेसम्म नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा ५० हजारभन्दा बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ ।

चैत १२ यता गरिएको ५३ हजारको एन्टिजेन परीक्षणमा ४०४ जनामा संक्रमण देखिएको छ । यस्तै, १३ हजारमा गरिएको मलेरियाको परीक्षणमा ३ जनामा मलेरियाको संक्रमण फेला परेको छ । नाकामा १५ जनाको टोली स्वास्थ्यकर्मी खटिएका छन् ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech