११ श्रावण २०८१, शुक्रबार

एमाले बाँकेको जिल्ला अधिवेशन नेपालगञ्जमा शुरु
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको छ । ७७ वटै जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्घाटन गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

पार्टी कार्यालयमा हुने उदघाटन समारोहलाई पार्टीका पोलिट ब्यूरो सदस्य खेममान खड्कालाई प्रमुख अथितिकोरुपमा निम्त्याइएको छ ।

उद्घाटनशत्र पछि हुने बन्द शत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुने र त्यसलाई पारित गरेपछि भोलीबाट नेतृत्व चयन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । सकेसम्म सहमतिमै नेतृत्व चयन हुने उनको विश्वास छ ।

जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कुमार कक्षपति, सचिव रत्न खत्री, अशोक कर्माचार्यदेखि पत्रकार डिल्ली बिसीसम्मले अध्यक्ष पदको लागि आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् । नेतृत्व समक्ष आकांक्षा राख्नेहरुमा गोपाल गिरी र घननाथ खनाल पनि रहेका छन् ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech