१२ श्रावण २०८१, शनिबार

मोटरसाइकल चोरेको आरोपमा दुई जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

कोहलपुर एनटिभि रोडबाट बिहीवार राति भे ४ प ३७६८ नं. को स्कुटर चोरी गरेर लैजाने क्रममा दैलेख चौराठा बस्ने ३२ वर्षका राम बहादुर रानालाइ गएराति साढे ११ प्रकाउ गरेको हो ।

त्यस्तै कोहलपुर ११ बसपार्कमा रहेको रेडिसन होटलमा पार्किङ गरी राखिएको बा ७६ प १६०६ नं. को मोटरसाइकल २१ गते राति १ बजे चोरेको आरोपमा कोहलपुर ५ बस्ने २२ वर्षका बिष्णु हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech