१२ श्रावण २०८१, शनिबार

बाघको आक्रमणबाट पुन: एक महिलाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको हो। थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

पात टिप्‍न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए। उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

उनीहरूको खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरी निरीक्षक गौतमले बताए। पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ।

यसअघि पुस २२ गते बाघको आक्रमणमा परी राप्ती सोनारी-४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech