१२ श्रावण २०८१, शनिबार

जमुनाह नाकामा शनिबार ४६ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगन्जस्थित जमुनाह नाकामा शनिबार अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जना महिला छन् । भारतबाट आएका नेपालीको जाँच गर्दा ४६ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले बताए । उनले नेपालगन्ज नाकामा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको बताए ।

शुक्रबार ३७ र बिहीबार २७ जनामा कोरोना पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएकोले जमुनाह नाकामा फेला परेका संक्रमितमा पनि ओमिक्रोन भेरियन्ट भएको अनुमान जिल्ला स्वास्थ्य कार्यालय बाँकेको छ ।

नेपालगन्ज नाकास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले भारतको महाराष्ट्रबाट आएका धेरैमा कोरोना देखिएको छ । यो नाकामा कोरोना देखिएका अधिकांश पहाडी जिल्लाका छन् । उनीहरूलाई केही दिन आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने तयारी छ ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech