१२ श्रावण २०८१, शनिबार

सरकारी कार्यालय र होटल तथा रेष्टुरेन्टमा जाँदा खोप कार्ड अनिवार्य
  • न्युज मानसराेवर

बाँके\ कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालय र होटल तथा रेष्टुरेन्टमा जाँँदा अनिवार्य रूपमा कोभिड–१९ विरूद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले कोभिड–१९ संक्रमण नियन्त्रणको लागि माघ ३ गतेबाट यस्तो नियम लागू गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले  जानकारी दिइन् ।

 

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech