१२ श्रावण २०८१, शनिबार

एमाले रुकुम पश्चिमको अध्यक्षमा देवकोटा चयन
  • न्युज मानसराेवर

रुकुम पश्चिम- नेकपा एमाले रुकुम पश्चिमको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन्। बन्दसत्रबाट बनाइएको अध्यक्ष मण्डलले देवकोटालको अध्यक्षतामा अन्य पदाधिकारी घोषणा गरेको हो।

उपाध्यक्षमा मनवीर घर्ती, सचिव शशीराम परियार, उपसचिवमा गणेश सुनार र रचना मल्ल चयन भएका छन्। जिल्ला कमिटीका अरु सदस्यहरु भने घोषणा गरिएको छैन।

अध्यक्षमा देवकोटासँगै नारायणकुमार शाह, टंकप्रसाद ओलीले दाबी गरेका थिए। सुरुमा अध्यक्ष मण्डलले देवकोटालाई अध्यक्ष, शाहलाई उपाध्यक्ष र ओलीलाई सचिवमा प्रस्ताव गरेको थियो। शाह र ओली असहमत भएपछि अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तिर्था गौतमले देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी घोषणा गरेकी थिइन्।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech