१२ श्रावण २०८१, शनिबार

बस दुर्घटनामा ९ महिने शिशुको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ दाङमा सोमवार विहान बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ । भारतको मोतिहारी जिल्ला बस्ने असिर आलकका ९ महिने छोरा नानु आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दोलाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार रहेका ८ जना यात्रु घाइते भएका छन् ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech