१२ श्रावण २०८१, शनिबार

राजसंस्थाका सचिव, भारदारहरुलाई छानविन गर्नुपर्छःयुवा नेता सुबेदी
  • न्युज मानसराेवर

काठमाडौं\राष्ट्रिय प्रजातन्त्र पाटीको राष्ट्रिय अधिवेशन पछि निवर्तमान अध्यक्ष कमल थापाको मागलाई तत्काल सम्बोधन गर्न युवाहरुले पनि जोड दिन थालेका छन् ।

सम्पन्न एकता महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिकालाई लिएर असन्तुष्ट रहँदै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देललाई छानविन गर्न गरेको मागका सम्बन्धमा पाटी अध्यक्ष मौन रहेको भन्दै पार्टीका युवा नेताहरुले सम्बोधन हुनुपर्नेमा जोड दिन थालेका हुन् ।

राप्रपाका युवा नेता श्रीधर सुवेदीले एकताको महाधिवेशनमा राजसंस्था एवं पूर्व राजाका सचिवहरुको नाङ्गो हस्तक्षेपको विषयमा निवर्तमान अध्यक्ष थापाले उठान गरेका विषयमा तत्काल सम्बोधन हुनुपर्नेमा पाटीमा युवापङ्तिको माग रहेको बताए ।

उनले पार्टीभन्दा माथि राजसंस्था रहने भएको कारण राजाका सचिव तथा भारदारहरुले पाटीको आन्तरिक निर्वाचनमा गरेको हस्तक्षेपको विषयमा विलम्ब नगरी तत्काल छानविन गरेमात्र पाटीलाई संगठनात्मक बलियो बनाउन सकिनेमा जोड दिएका छन् ।

पूर्व राजाका सचिव तथा भारदारहरुले विदेशी शक्तिको इशारामा नेपाललाई भुटानीकरण बनाउने योजना अनुसार भूमिका निर्वाह गरिरहेको पार्टीभित्रका सचेत युवा जमात जानकार रहेकाले उनले कुनै पनि हालतमा राजसंस्था पार्टीभन्दा माथि, साझा रहनुपर्ने र राजसंस्थाका सचिवहरुको नाङ्गो हस्तक्षेप कदापी स्वीकार नहुने भन्दै यदि समयमै छानविन नभए सम्पूर्ण राष्ट्रबादि नेपाली दाजुभाई तथा दिदिवहिनिहरु प्रतिकारमा उत्रने नेता सुवेदीको भनाई छ ।

यसैबीच सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समूहरुले स्वतःस्फुर्तरुपमा निर्मल निवासका सचिवहरुको भूमिकालाई लिएर आपत्ती जनाइरहेका छन् । शाही शक्ति नेपाल ९आरटिएफ० सामाजिक सञ्जालमा राजसंस्थाका सचिवहरुका विरुद्व धारणा राख्दै आइरहेको छ । राजसंस्थाका सचिवहरुका कारण राजसंस्था नै बद्नाम भैरहेको टिप्पणी शाहि शक्ति नेपालले गर्दै आइरहेको छ ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech