१२ श्रावण २०८१, शनिबार

आज बाँकेमा ५२ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा मंगलवार थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १५ र एन्टिजेन परीक्षणबाट ३७ जनामा संक्रमण देखिएको हो ।

जिल्लाका तीनवटा प्रयोगशालामा ६४ नमुनाको पीसीआर परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा २९ नमुना जाँच्दा १०, मेडिकल कलेज कोहलपुरमा २२ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्याबमा १३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये १३ जना बाँकेका छन् भने २ जना बर्दियका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ४२ पुगेको छ ।

यस्तै नेपालगञ्जको जमुनाह नाकामा आज थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका ३ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जना महिलासहित ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech