१२ श्रावण २०८१, शनिबार

नाकामा कार्यरत स्वास्थ्यकर्मी आफैं संक्रमित
  • न्युज मानसराेवर

बाँके\ भारतबाट फर्केकाहरुसँगै कोरोना गाउँगाउँमा नपुगोस् भन्दै नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् ।पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । उनीहरु फर्किएसँगै नेपालमा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ ।

नेपालगन्जस्थित नेपाल–भारत सीमानाका जमुनाहामा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जमुनाह नाकामा रहेको हेल्थ डेक्समा कार्यररत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

हेल्थ डेस्कमा कार्यरत एक जना ल्याबका कर्मचारी र अर्का पारामेडिक्समा कोरोना पुष्टि भएको उनले बताए । संक्रमित दुवै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकीको लक्षण देखिएको छ । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोनाबाट संक्रमित हुन थालेपछि अब नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन सक्ने ओलीले बताए ।

नाकामा १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जो दुई सिफ्टमा ड्युटी गर्छन् । मास्क, एप्रोन लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीमा समेत कोरोनाको जोखिम छ ।भीड व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यकर्मीलाई नै सकस छ । १७ जनामा चार जना मात्र ल्याब टेक्निसियन छन् ।

भारतमा कोरोनामा भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किन थालेका हुन् । भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदराबाद, चेन्नईबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech