१२ श्रावण २०८१, शनिबार

लुम्बिनीका आर्थिक मामिला‍मन्त्रीलाई कोरोना संक्रमण
  • न्युज मानसराेवर

बुटवल — लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा भएको नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा सहभागी भएका उनलाई त्यसकै केहि दिनपछि कोभिड-१९ को लक्षण देखिन थालेको थियो ।

ज्वरो आउने‚ रुघा लाग्ने लगायत लक्षण देखिएपछि गराइएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री खड्काका स्वकीय सचिव झविन्द्र श्रेष्ठले जानकारी दिए । अहिले उनको अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।

त्यस्तै मन्त्रालयका सचिव खोमराज कोइराला पनि संक्रमित भएका छन् ।

यस्तै मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खरीन्द्र विक (सुजीत), सचिवालयकी कर्मचारी दिया केसी र लेखा शाखाका विजय घर्तीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech