१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशमा लागूऔषधसहित ६ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनीका विभिन्‍न जिल्लामा लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देही, कपिलवस्तु, बाँकेमा लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवाडीबाट विभिन्न लागूऔषध सहित भारत महाराजगंज नौतुनुवा बस्ने २० वर्षीय  सेहावाद आलम लगायत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ  र नियन्त्रित लागूऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट, नगद १८ हजार ९ सय रुपैयाँ र ६ थान मोबाइल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

त्यस्तै कपिलवस्तुको मायादेवी गाउँपालिका–१ ईमिलियाबाट नियन्त्रित लागूऔषध १ सय ३३ ट्याब्लेट उइनस्पास्मो र ९ ट्याब्लेट नाइट्राभेट सहित शुद्धोधन गाउँपालिका–१ बस्ने २१ वर्षीय रेशम थारुलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राझा चोकबाट नियन्त्रित लागूऔषध ४ लिटर कोरेक्स र १ हजार क्याप्सुल ट्रामाजोल सहित एक जना पक्राउ परेका छन। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ४२ वर्षीय बिबेकसिल मल्ललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनले बोकेको कार्टुमा राखेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।

नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट १६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरुण रोका मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech