१२ श्रावण २०८१, शनिबार

आजको मौसम : पहाडमा बदली र तराईमा हुस्सु लाग्ने
  • न्युज मानसराेवर

बाँके\ हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशभरको मौसममा बदलीको सम्भावना छ।

पश्चिमी वायुको प्रभाव यथावत् रहेकाले केही दिन वर्षा र हिमपातको सम्भावना कायमै रहेको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार बिहान देशभरका पहाडी भूभागमा बदली भएको छ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागिरहेको छ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार शनिबार भने वाग्मती, गण्डकी र प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना छ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech