१२ श्रावण २०८१, शनिबार

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक
  • न्युज मानसराेवर

बाँके\ निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज छलफल गर्ने भएको हो।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले छलफलका लागि आयोगले शुक्रबार १७ वटा राजनीतिक दललाई बोलाएको बताएका छन्।

राजनीतिक दलसँग आयोगले माघ १२ का लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको आगामी निर्वाचन गरी तीनवटा विषयमा छलफल बताइएको छ। बैठक शुक्रबार बिहान ११ बजेका बोलाइएको छ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech