१२ श्रावण २०८१, शनिबार

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
  • न्युज मानसराेवर

बाँके\ लेनदेन मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बस्ने २७ वर्षीय प्रदीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेबाट २०७६ साल बैशाख २० गते भएको फैसलाले ६ महिना कैदसजाय पाएका क्षेत्री हालसम्म फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई पक्राउ गरी शुक्रवार जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech