१२ श्रावण २०८१, शनिबार

जंगलमा छाडिएको आहारा बाघले खाएन
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्तीपारीस्थित फत्तेपुर जंगलमा छाडिएको आहारा पाडोलाई पाटेबाघले अझै खाएको छैन । राप्तीपारी मान्छे खाने बाघलाई नियन्त्रण गर्नका लागि फत्तेपुरस्थित सदावहार सामुदायिक वनभित्र मंगलबार र बुधबार आहारा स्वरुप दुई स्थानमा ‘पाडो’ लगेर जंगलमै बाँधिएको थियो । तर, बाघले शुक्रवारसम्म पनि आहारा नखाएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिए । बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधी लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा मंगलबारदेखि नियमित रुपमा परिचालन हुदै आएको छ ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech