१२ श्रावण २०८१, शनिबार

साइबर अपराधको निसानामा बालबालिका
  • न्युज मानसराेवर

बाँके\ इमेल, इन्टरनेटसँगै विकास भएको सामाजिक सञ्जालले नागरिकको दैनिकीलाई सहज बनाएको छ। छिनभरमै विश्वको जुनसुकै कुनामा भएकासँग पनि सहजै कुराकानी हुन्छ। विशाल विश्वलाई खुम्च्याएर एउटा गाउँजस्तो बनाएको छ। तर, यसले सहजता मात्रै दिएन, अपराध पनि बढाउँदै लगेको प्रहरीको तथ्यांकले देखाउँछ।

प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९ सय ६ वटा साइबर क्राइम (विद्युतीय अपराध)का मुद्दा दर्ता भए। यीमध्ये २ हजार ३ जना महिला साइबर क्राइमबाट पीडित छन्। १ हजार ४ सय ७१ जना पुरुष निसानामा परे। १८ वर्षमुनिका बालबालिका पनि पीडित बन्नेमा धेरै छन्। यो अवधिमा १ हजार ५२ जना बालिका साइबर क्राइमबाट पीडित बन्दा ५६ जना बालकले पीडा भोगे। अजवी पौड्यालले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेखेकी छन् ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech