बाँके\ बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले समाजमा मनाइने विभिन्न आफ्ना मौलिक पर्वहरु समाजको एकताको प्रतिकका रूपमा रहेको बताएका छन। रुचालले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने महत्वपूर्ण भूमिका खेल्ने गरेको उल्लेख गरेका छन।
थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष रुचालले समुदायका मौलिक परम्परा र संस्कृतिहरु संरक्षण गर्नाको लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताएका छन ।
उनले नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वलाई आधार स्तम्भका रूपमा लिन सकिने बताउदै बैजनाथका जनता स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना समेत गरेका छन।
विश्वभर पुनःफैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वलाई उत्सवका रूपमा मनाउन नसकेको भन्दै उनले महामारीबाट आफू, आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गर्न आग्रह गरेका छन् ।