१२ श्रावण २०८१, शनिबार

बाँकेमा कोरोना ग्राफ बढ्दै, शनिवार ८५ जनामा कोभिड पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा कोरोनाको ग्राफ बढ्दै गएको छ । बाँकेमा शनिवार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०३ जनाको पीसीआर परीक्षण गर्दा ५३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४४ नमुना परीक्षण गर्दा २८, मेडिकल कलेज कोहलपुरमा ३४ नमुना परीक्षण गर्दा १६ र बागेश्वरी ल्यावमा २५ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३९ जना छन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ६ सय ६२ पुगेको छ । नेपालगञ्ज, खजुरा, डुडुवा र कोहलपुरका संक्रमित धेरै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै शनिवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ६३ पुगेको छ । यसैगरी जमुनाहा हेल्थ डेस्कमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको फोकल पर्सन वलीले बताए ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech