११ श्रावण २०८१, शुक्रबार

एमाले स्वर्गीय नेता यादवको प्रथम बार्षिक श्रद्धाञ्जली सभा सम्पन्न
  • न्युज मानसराेवर

बाँके\ बाँके नेकपा एमालेका स्वर्गीय नेता दिनेश चन्द यादवको प्रथम बार्षिक श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।एमाले बाँकेका नेता यादवको १ वर्ष पहिले मृत्यु भएको थियो । एमाले बाँकेका इन्चार्ज  यादव नेकपा एमालेको बैकल्पीक केन्द्रिय सदस्य तथा राज्य मन्त्री समेत भएका थिए ।यादवको प्रथम श्रद्धाञ्जली सभामा नेकपा एमालेका केन्दिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालेले  सधै देश र जनताका लागि स्वर्गीय नेता  यादवले आफ्नो जीवन समर्पित गरेको बताए । उनले यादवको चाहना समृद्ध नरैनापुर निमार्णका लागि सबै  नेता कार्यकर्ताहरुको काधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउदै उहाँ यादवका सपना पुरा गर्नका लागि नेकपा एमाले सधैव अग्रसर रहने बताएका थिए ।

यादवको श्रद्धाञ्जली सभामा बाँकेका एमाले नेताहरुको बाग्लो सहभागिता रहेको थियो । एमाले बाँकेका सह इन्चार्ज  मो हारुन हलुवाई एमाले पूर्व जिल्ला अध्यक्ष निरक गुरुङ ,लुम्बिनी प्रदेश सांसद तथा पूर्व मन्त्री आरति पौडेल ,दुर्गा थारु, प्रेम भुषाल डिल्ली विसि,रत्न खत्रि,कृष्ण पाठक,हिरा खरेल लगायतकाले शोक मन्तव्य राखेका थिए ।

नेकपा एमाले नरैनापुर पालिका कमिटी का अध्यक्ष पन्चराम यादव को अध्यक्षतामा संचालन गरिएको श्रद्धाञ्जली सभाको संचालन रामकुमार दिक्षित र स्वागत सोहन यादवले गरेका थिए ।

  • १ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech