१२ श्रावण २०८१, शनिबार

आजको मौसम पनि धुम्म, देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो
  • न्युज मानसराेवर

बाँके \हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि मौसम भने धुम्म रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ। तर, दिउँसोको समयका कुहिरो विस्तारै हटेर जाने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन। छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको  महाशाखाले जनाएको छ। आज पनि दिउँसोको समयमा हुस्सु कुहिरो हटी घामसँगै बादल लाग्ने सम्भावना छ।

राम्ररी पानी नपर्दा मौसमी प्रणाली नरहे पनि मौसम पूर्णरुपमा खुल्न नसकेको महाशाखाको भनाइ छ।

विशेषगरी राम्ररी पानी नपरेका बेला र राति आकाश सफा भएका बेला त्यसको भोलिपल्ट बिहान बाक्लो हुस्सु र कुहिरो लाग्नेगर्छ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech