१२ श्रावण २०८१, शनिबार

यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा
  • न्युज मानसराेवर

बाँके \पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।

रक्ताल्पता
मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ ।

कब्जियत
मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् ।

छाला
यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ ।

रक्तचाप
मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ ।

जोर्नी
यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ ।

मोटोपना
मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ ।

मांसपेशी
यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ । जिम जानेहरूले यसको सेवन गर्दा धेरै लाभ प्राप्त हुन्छ ।

एजेन्सी

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech