१२ श्रावण २०८१, शनिबार

बाँकेमा शुरु गरियो ‘बुस्टर डोज’ खोप अभियान
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा  कोरोना बिरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको हो ।

 चैत मसान्त सम्म पहिलो मात्रा खोप लगाई समयावधि भित्र दोस्रो मात्राको खोप लगाएर ६ महिना पुगेका अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिहरुलाई आजबाट ‘बुस्टर डोज’ खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी), सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू , महिला स्वास्थ्य स्वयंसेवीकाहरु, विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक आदि) मा काम गर्ने कर्मचारीहरुलाई ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको हो

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech