११ श्रावण २०८१, शुक्रबार

सञ्चार नीति पारित गर्दै नेपालगञ्जको नगरसभा सम्पन्न
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्ज उप–महानगरपालिकाको १० औं नगरसभा आइतबार सम्पन्न भएको छ । नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित,, बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको छ ।

नेपालगञ्न उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरका अनुसार नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधन सहित पारित गरेको छ । नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय गरेको छ ।

नगरसभालाई सम्बोधन गर्दै मेयर डा. धवलशम्शेर राणाले आफुहरुको कार्यकाल सफल भएको बताए ।कार्यपालिकामा चारवटा पार्टीको प्रतिनिधित्व भएपनि सहमतिका आधारमा निर्णय हुने गरेको स्मरण गर्दै उनले ५ बर्षे कार्यकाललाई सुनौलो समयको रुपमा लिनुपर्ने बताएका छन।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech