१२ श्रावण २०८१, शनिबार

आजदेखि स्वस्थानी व्रत सुरु, शालिनदीमा मेला नलाग्ने
  • न्युज मानसराेवर

बाँके\ प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म गरिने गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ। यो अवधिभर व्रतालुहरुले बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने र स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

यस अवसरमा आजैदेखि उपत्यकाको उत्तरपूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला लाग्दछ। प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ।

यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ। व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।

विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ।

कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech