१२ श्रावण २०८१, शनिबार

बाँकेमा ५८ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा सोमवार थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ७२ नमुना जाँच गर्दा थप ५८ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पतालमा ३५ नमुना जाँच गर्दा १९, मेडिकल कलेज कोहलपुरमा ६८ नमुना जाँच गर्दा १९ र बागेश्वरी ल्यावमा ६९ नमुना जाँच गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४६ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ६ सय ९४ पुगेको छ । यस्तै ८ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ७१ पुगेको छ ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech