११ श्रावण २०८१, शुक्रबार

वैशाखमै निर्वाचन गर्न सत्ता गठबन्धन सहमत
  • न्युज मानसराेवर

काठमाडौं\ सत्ता गठबन्धनका दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सहमत भएका छन् ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न बालुवाटारमा बसेको बैठकमा गठबन्धनका पाँचै दल समयमै निर्वाचन गर्न सहमत भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार थप छलफल र निर्णयका लागि माघ ६ गते गठबन्धन समन्वय समितिको बैठक पुनः बस्नेछ ।

निर्वाचन आयोगले वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई कसरी सुनिश्चित गर्ने र समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेबारे छलफल भएको बताए ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech