बाँके\ पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ नमूना परीक्षणमध्ये ८७३० पीसीआर र १५२८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६२४ छ ।
मन्त्रालयका अनुसार थप ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।