११ श्रावण २०८१, शुक्रबार

सर्वोच्चमा न्यायाधीशसहित ३१ जनालाई कोरोना, सेवा कटौती गर्ने फुलकोर्टको निर्णय
  • न्युज मानसराेवर

काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिष्ट्रारलगायत ३१ जनालाई कोरोना संक्रमण भएको छ । नयाँ भेरिएन्ट ओमिक्रोनसहितको जोखिमका कारण सेवा कटौती गरिएको छ ।

आज बसेको फुलकोर्टले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको भन्दै ६ प्रकारका मात्र सेवा दिने निर्णय गरेको छ । १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको हो ।

न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि सोमबार बसेको बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित सुनुवाइ, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र नि.सु. मा रहेका मुद्दाको सुनुवाइ लगायतका काम भने हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech