१२ श्रावण २०८१, शनिबार

एमाले राष्ट्रिय सभाका उम्मेदवार जिल्ला अभियानमा
  • न्युज मानसराेवर

बाँके\ माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचन मा एमाले बाट उम्मेदवार बनेका कृष्ण सुनार,भारति खनाल,रामनरेश यादवले बाँकेमा भेटघाट गरेका छन। नेकपा एमाले पार्टी कार्यलय नेपालगन्ज बाके र बर्दियाका जन प्रतिनिधिहरु विच उम्मेदवारले भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका हुन।

बाँके जिल्ला ईन्चार्ज तथा एमाले केन्द्रिय सदस्य सुर्य ढकालको प्रमुख अथितिमा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रमको अध्यक्षता एमाले बाँके जिल्ला किस्मतकुमार कक्षपितले गरेका थिए।परिचयात्मक कार्यक्रममा एमाले बाट राष्ट्रिय सभा उम्मेदवार बनेका तिनै जनाले आ आफ्नो राखेका थिए ।कार्यक्रमको संचालन एमाले युवा नेता भिम ओलीले गरेका थिए भने कार्यक्रममा स्वागत बर्दिया बाँसगडी नगरपालिका मेयर शालिकराम अधिकारीले गरेका थिए ।

एमालेविरुद्ध सबै दलले गठबन्धन गरेको यो निर्वाचनमा मतभारको अंकगणितले एमालेको पराजय निश्चित छ । तर, सरकारमा सहभागी दलबीचको एकआपसमा मत आउने निश्चितता नबन्नु, यो प्रदेशमा माओवादीको उम्मेदार नहुनु, जसपाका मतदाता एक नहुनु र राप्रपा तथा स्वतन्त्र रहेको केही मत चोरेर जित निकाल्ने रणनीतिमा एमाले लागेको छ ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech