१२ श्रावण २०८१, शनिबार

नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी
  • न्युज मानसराेवर

बाँके\ नेपाल वायु सेवा निगमको नेपालगञ्जमा रहेको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि यात्रु उडान भर्ने भनेर यात्रुलाई विमानस्थलको हलमा राखेकोमा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

बिहान १५ जना यात्रुहरूको बोडिङ पास दिएर सिमकोट उडान भर्ने तयारी गरे पनि पछि सो जहाजले तीन जना मात्रै यात्रु बोकेर मुगुको ताल्चाका लागि उडान भरेको थियो । त्यसपछि रुकुम हुँदै जहाज काठमाडौं फिर्ता हुँदा यात्रुहरु आक्रोशित भएका हुन् ।

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech