१२ श्रावण २०८१, शनिबार

ट्रकको ठक्करबाट कोहलपुरमा एकजनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कोहलपुर–१४ हवल्दारपुरमा बुधवार राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे. १ क. १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक खनालले बताए

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech