१२ श्रावण २०८१, शनिबार

नेपालगञ्जको रांझामा नागमणि खरिद-बिक्री झांसामा १० लाख लुटिएको पर्दाफास
  • न्युज मानसराेवर

बाँके\यहि माघ ४ गते मंगलबार अपरान्ह ३ बजेतिर नेपालगञ्जको रांझा एयरपोर्ट देखी पूर्व कम्दी जाने बाटोमा आफुलाई सादा पोशाकको प्रहरी हौ, अटोरिक्सा रोक भन्दै मोटरसाईकलमा आएका २ जना ब्यक्तीले अटो सवार ३ जना ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर रु १० लाख लुटेको खबर घटना लगत्तै रांझा चौकमा रहेको प्रहरी बिटमा सूचना आएको सो क्षेत्रका प्रहरी इन्चार्ज तोजेन्द्र केसीले जानकारी दिए  ।

सूचना लगत्तै प्रहरी टोली घटनास्थल पुगेकोमा नगद १० लाख लुटिएको भनिएका ब्यक्तीहरुले सुरुवामा आफुहरु जग्गा कारोबारका लागी पैसा ल्याएको जानकारी दिएका थिए भने पछी घटना बुझदै जांदा नागमणिको झासामा रकम लुटिएको पर्दाफास भएको थियो ।

घटना लगत्तै लुटिएको अटो रिक्सामा पैसा सहित नागमणि खरिद बिक्रीका लागी सहजीकरण गर्नका लागी दांगको नारायणपुर नगरपालिका वडानम्बर ११ टांडी घर भएका पूर्व भारतिय सेनामा कार्यरत चेत बहादुर बुढा र निजले भारतबाट बोलाएका अन्य २ जना नागमणि चेकर र नागमणि ज्ञाता भनिएका अर्का भारतिय ब्यक्ती सहित रु १० लाख बोकेर नागमणि खरिदका लागी नागमणिवालालाई बयाना रकम दिन जानेक्रममा रांझाको कम्दी जाने बाटोमा लुटिएको नागमणि खरिदको लागी काठमाण्डौंबाट आएको टोलीसंगै नेपालगञ्ज घुम्न आएकी भनिएकी २४ बर्षिय उषा अर्यालले घटनाको सम्पूर्ण बिवरण प्रहरीलाई जानकारी गराइन।

घटना बिवरण अनुसार दांगका पूर्व भारतिय सैनिकले नेपालगञ्जमा नागमणि आईपुगेको र त्यसका लागी चेकजांच गरेर खरिद–बिक्रीका लागी भारतिय र काठमाण्डौंको २ वटा छुटटा-छुटटै २ वटा पार्टी नेपालगञ्जमा बोलाएका थिए ।

दादाहरुसंगै नेपालगञ्ज घुम्न आएकी उषा अर्यालका अनुसार काठमाण्डौंंबाट आफनो चिनजानेको मानिसहरुसंग घर सल्लाह मै नेपालगञ्ज आएकोमा सगै आउनुभएका दादाको रकम लुटिएको आफुले हल्ला-खल्ला गरि प्रहरीलाई जानकारी गराएको बताए।

लुटिएको रकम सम्वन्धमा छानबीन गर्ने क्रममा प्रहरी मार्फत पछी पो नागमणि खरिदको लागी भन्दै रकम लुटिएको जानकारी प्राप्त गरेको बताउनु भएको छ ।
नागमणिको झासामा काठमाण्डौंबाट आएका हेग्री, बिक्रम र सुदन भन्ने ब्यक्तीको नबिल बैकबाट रकम झिक्न लगाएर रकम लुटिएको घटना अध्ययनको क्रममा पाइएको छ ।

नेपालगञ्जमा ल्याईपु-याएको भनिएको नागमणिको भिडियो समेत दांगका चेत बहादुरको मोबाईलबाट बरामद भएको छ । नागमणि चेकजांच गरि असली भएको भिडियो समेत देखाई चेकरले समेत चेक गरि नागमणि खरिदका लागी बयाना सोरुप चेत बहादुरको हिस्सेदारी रहने गरि चेत बहादुरको केही रकम सहित १० लाख रुपैया नागमणिवालालाई दिन जानेक्रममा चेत बहादुर बुढा र अन्य २ जनाको सुनियोजित तरिकाले लुटिएको बिषयमा बांके प्रहरी अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ । अन्धबिश्वासको आधारमा यो नागमणि काण्ड झासा दिएर धेरै ब्यक्तीहरु लुटिएको घटनाहरु सार्वजनिक हुदै आएका छन ।

केही दिन अघि मात्र सो क्षेत्र मा सुन दिने भन्दै नक्कली सुन काण्डमा केही ब्यक्ती लुटिएको बिषयमा जिल्ला प्रहरी कार्यालय बांकेले बर्दियाबाट १ जनालाई नियन्त्रणमा लिएको थियो ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech