११ श्रावण २०८१, शुक्रबार

पूर्वप्रधानन्यायाधीश शर्माको निधनको शोकमा भोलि देशभरका अदालत बन्द रहने
  • न्युज मानसराेवर

बाँके\ पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको असामयिक निधनको शोकमा आइतवार देशभरका अदालतहरू बन्द रहने भएका छन् ।

शनिवार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरू शोक बिदाको रुपमा बन्द रहने निर्णय गरेको हो ।

पूर्वप्रधानन्यायाधीश शर्माको माघ ५ गते बुधवार असामयिक निधन भएको थियो । २०१६ सालबाट सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा शुरू गरेका शर्मा २०५४ चैत ३० गते प्रधानन्यायाधीशमा नियुक्त भई २०५६ मंसिर ३० सम्म काम गरेका थिए ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech