१२ श्रावण २०८१, शनिबार

बाँकेमा युवतीको अपहरणपछि बलात्कार
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए । मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेको र त्यसपछि पुन: घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुन: घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ । पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech