११ श्रावण २०८१, शुक्रबार

कोहलपुर नगरले बनायो एक सय १० कानून निमार्ण
  • न्युज मानसराेवर

कोहलपुर\ काेहलपुर नगरपालिकाले कूल १ सय १० ऐन नियमावली निर्माण गरेकाे छ । काेहलपुर नगरपालिकाले २०७४ साल  देखी २०७८ साल कात्तिक १२गते सम्म कूल ऐन ,नियमावली ,निर्दशिका ,कार्यविधि ,आचारसहिंता गरि १ सय १० कानूनहरू निर्माण गरेकाे हाे ।
काेहलपुर विधेयक समिति संयाेजक भिम नेपालीका अनुसार कार्यविधि ६९ वटा ऐन २० वटा नियमावली ८वटा निर्देशिका ११वटा आचारसंहिता १ वटा राजपत्र १ वटा काेहलपुरकाे राजपत्रमा प्रकाशित गरिएको जानकारी गराएका छन ।
पछिल्ला दिनहरूमा स्थानीय तहमा यसरी ऐन कानून र नियमावली निर्माण गर्नालेबे रुजु जस्ता समस्याहरूमा कमि आएकाे पाईन्छ ।
विगतकाे समयमा काेहलपुर नगरपालिकामा समेत बेरुजु जस्ता समस्या देखा नपरेका हाेइनन् तर पछिल्लो समय कानून कार्यविधि निर्माणले स्थानीय तहमा बेरूजीकाे समस्या न्यूनिकरण हुँदै आईरहेकाे छ ।’ विधेयक समिति संयाेजक भिम नेपाली भनेका छन ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech