१२ श्रावण २०८१, शनिबार

बाँकेमा आइतवार ७६ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा आइतवार पनि परीक्षण भएकामध्ये आधा भन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १ सय १३ जनाको पीसीआर परीक्षण भएकोमा ७६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

मेडिकल कलेज कोहलपुरमा ४९ जनाको नमुना जाँच गर्दा ३१ र बागेश्वरी ल्याबमा ६४ नमुना परीक्षण गर्दा ४५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६३ जना छन् । पछिल्लो दिनमा नेपालगञ्ज हटस्पट बनेको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार १ सय २८ पुगेको छ ।

यस्तै आइतवार थप २६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय ६४ पुगेको छ ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech