१२ श्रावण २०८१, शनिबार

ब्राउन सुगरसहित बाँकेमा तीनजना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगञ्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगञ्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरी र लागुऔषध व्यूरोको टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा मुन्नीले लगाएको सुइटरमा लागुऔषध फेला परेको न्यौपानेको भनाई छ ।

प्रहरीले उनीहरुको साथबाट ७० हजार ५ सय रुपैयाँ नेपाली र ७० हजार तीन सय ५० रुपैयाँ भारु गरी एक लाख ८३ हजार ६० रुपैयाँ समेत बरामद गरेको छ ।

उनीहरु लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech