१२ श्रावण २०८१, शनिबार

कस्तो रहला आजको मौसम?
  • न्युज मानसराेवर

बाँके \आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसले आज पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भूभागमा सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज देशका अन्य भूभागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पनि पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ। हाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।  यसका साथै  मनसुन सक्रिय नै रहेका कारण मनसुन सक्रिय नै रहेकाले उच्च स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech