१२ श्रावण २०८१, शनिबार

जिल्ला प्रशासन कार्यालय बाँके मंगलवारदेखि बन्द
  • न्युज मानसराेवर

बाँके\ कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरु मंगलवारदेखि बन्द गरिएको छ ।

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कार्यालयमा ३५ जना कर्मचारी छन् ।

तीमध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जना कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को संक्रमण फैलन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाई भएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्नु परेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा लगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता नवीकरण, हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech