१२ श्रावण २०८१, शनिबार

चरेशसहित बाँकेमा एक महिला पक्राउ
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज एयरपोर्टबाट प्रतिबन्धित लागुऔषध चरेशसहित मंगलवार एकजना महिला पक्राउ परेकी छन् । तिलागुफा नगरपालिका–७ जुम्लाकी ५० वर्षीया कृष्णकला शाहीलाई विमानस्थलबाट ३३ ग्राम चरेशसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

बुद्ध एयरको पौने १० बजेको फलाइटबाट काठमाण्डौ जान लागेकी शाहीलाई टर्मिनल हलबाट बाहिरीने क्रममा महिला सुरक्षाकर्मीले जाँच गर्नेक्रममा चरेश फेला पारेको जनाइएको छ ।

महिला र बरामद पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ । यसअघि नेपालबाट भारत जानेहरु चरेससहित जमुनाहा नाका र सीमापारी भारतीय सुरक्षा निकाय एसएसबीले पक्राउ गर्दै आएकोमा विमानबाटै काठमाण्डौ लैजान लागेको अवस्थामा चरेशसहित पक्राउ गरिएको यो पहिलो घट्ना भएको बताईएको छ ।

शाहीले औषधिकोरुपमा आफुले चरेश राखेको प्रहरीलाई प्रारम्भिक बयान दिइएको बताइएको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech