१२ श्रावण २०८१, शनिबार

बाँके प्रहरीद्वारा पौने ३ लाखको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके\ जिल्ला प्रहरी बाँकेले भन्सार छली गरेर ल्याइएका लाखौं मुल्य बराबरका अवैध सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डमा खटिएको टोलीले नेपालगञ्ज १० ट्राफिक चोकबाट भन्सार छली गरेर ल्याउँदै गरिएका पौने ३ लाख रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार बरामद गरिएका अवैध सामग्रीहरुमा १ लाख २० हजार रुपैयाँ बराबरका रुमाल, ७५ हजार रुपैयाँ बराबरका लेडिज लुङ्गी, ४५ हजार रुपैयाँ बराबरका लेडिज कुर्ती, २० हजार रुपैयाँको अण्डर वेयर, ९ हजार रुपैयाँ बराबरको चिनी र ९ हजार रुपैयाँ बराबरका लेडिज सुट रहेका छन् ।

बरामद गरिएका २ लाख ७८ हजार रुपैयाँका सबै अवैध सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech