१२ श्रावण २०८१, शनिबार

बाँकेमा चक्कु प्रहारबाट एक बालक घाइते
  • न्युज मानसराेवर

बाँके\ बाँकेको खजुरामा ११ वर्षीय बालकलाई चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा ११ वर्षीय बालक ध्रुव काँदुलाई चक्कु प्रहार भएको हो ।

कानको तल चक्कु प्रहार गरिएका बालक बेहोस रहेका छन् । सोमवार राती ८ बजेतिर बुवा भएको ठाउँमा पुगेर घर फर्किने क्रममा बालकलाई चक्कु प्रहार भएको थियो । धु्रवका बुवा कुखुराको फार्ममा राती बस्ने गर्नुहुन्थ्यो ।

बालक बुवा भएको ठाउँमा पुगेर घर फर्किएका बेलामा चक्कु प्रहार भएको देखिएको छ । घरका मानिसले बुवा भएको ठाउँमा होला र बुवाले घर गयो होला भनेर बालकको खोजी गरेका थिएनन् ।

स्थानीय मानिस विहान खेतमा परालको कुन्यू भएको ठाउँतिर पुग्दा बालक बेहोस् अवस्थामा भेटिएका थिए । उनका नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका भइरहेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बालकलाई चक्कु प्रहार गर्नेको खोजी भइरहेको जानकारी दिए ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech