१२ श्रावण २०८१, शनिबार

शुक्रवारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान
  • न्युज मानसराेवर

बाँके\पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसममा शुक्रवारदेखि क्रमिक सुधार हुने भएको छ ।

मौसमी प्रणाली शुक्रवारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘बिहीवारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ,’ उनले भने ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech