१२ श्रावण २०८१, शनिबार

बाँकेमा आज ९३ संक्रमित थपिँदा ७८ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\  बाँकेमा शुक्रवार थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६० जनाको पीसीआर परीक्षण गर्दा ९३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ९० जनाको नमुना जाँच गर्दा ५७, मेडिकल कलेज कोहलपुरमा ५४ जनाको नमुना जाँच गर्दा ३१ र बागेश्वरी ल्यावमा १६ नमुना जाँच गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमणपुष्टि भएकामध्ये बाँकेका ६१ जना छन् । यस्तै आज थप ७८ जना डिस्चार्ज भएका छन् ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech