१२ श्रावण २०८१, शनिबार

लागुऔषधसहित नेपालगञ्जबाट तीन जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ प्रतिबन्धित लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । विरेन्द्रनगर नगरपालिका वडा नं. ६ सुर्खेतका ४९ वर्षीय बालकृष्ण गिरी र सोही ठाउँका संजय खत्री कोरेक्स र नाइट्रोजेपाम ट्याबलेटसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २५ बोतल कोरेक्स र ३५ ट्याबलेट नाइट्रोजेपाम बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

यस्तै जयसपुर प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा खटिएको टोली र लागू औषध नियन्त्रणमा व्युरोको टोलीले नेपालगन्ज १६ जयसपुर चोकबाट सोही स्थानका २४ बर्षीय अस्फाक अन्सारीलाई १९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरी नायब निरीक्षक सिंहको टोलीले बिहीवार राती पौने ९ बजे शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा जाँच गर्दा अन्सारीको साथबाट १९ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech