१२ श्रावण २०८१, शनिबार

सुर्खेतमा ३ फरार अभियुक्त पक्राउ
  • न्युज मानसराेवर

सुर्खेत\ जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहलाई लागूऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ गतेको फैसला आदेशले ७ वर्ष कैद सजाय सुनाएको थियो ।

नेपालीलाई सार्वजनिक मुद्दामा अदालतले ५०० रुपैयाँ जरिवानाको फैसला गरेको थियो । ३ अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech