१२ श्रावण २०८१, शनिबार

एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवा चेतावनी
  • न्युज मानसराेवर

काठमाडौँ\ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् ।

शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

देउवाले आइतबार विहान पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा नै संवाद गरेका थिए । तर दुबै नेताबाट सकारात्मक जवाफ नपाएकाले प्राधनमन्त्री देउवाले एमालेको साथ लिएर भएपनि एमसीसी अनुमोदन गराउन छलफल थालेको निकट नेताहरुको भनाइ छ ।

२९ असारमा प्रधानमन्त्री भएपछि एमसीसी अनुमोदन गराउन देउवाले यो तेस्रो जमर्काे गरेका हुन् । यसअघिका दुबै प्रयास गठबन्धनका नेताहरुकै असहमतिका कारण सम्भव हुन सकेको थिएन ।

त्यसपछि देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेका थिए । त्यतिखेर ओलीले सत्ता गठबन्धन तोड्ने शर्तमा एमसीसी अनुमोदन गराउन तयार भएको बताएका थिए । यो पटक भने देउवाले त्यस्तो वचन पाइनसकेको जानकारहरु बताउँछन् ।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech