१२ श्रावण २०८१, शनिबार

सशस्त्रका सइको कुटाइबाट बाँकेमा एकजनाको कानको जाली फुट्यो
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा सशस्त्र प्रहरीका सइको कुटाइबाट एकजना सर्वसाधरण मानिसको कानको जाली फुटेको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वाँया कानको जाली फुटेको हो ।

डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमणमा छ । उक्त अतिक्रमित जग्गा हटाउने बिषयमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी शनिवार हिरमिनिया पुगेका थिए । धोवीले अध्यक्ष चौधरीसँग हटाउने भए सबैलाई हटाउन र नत्र व्यक्ति छानेर नहटाउन आग्रह गरे ।

त्यहीक्रममा अध्यक्ष चौधरीले धोवीलाई सम्झाउन सशस्त्रका सइ हर्क थापालाई भनेका थिए । अध्यक्ष चौधरीको इशारामा कुटपिट गरिएको पीडितको भनाई छ । सइ थापाले बढी बोलेको भन्दै धोवीलाई कुटेको वडाअध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech